काठमाडौँ / आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम राष्ट्रिय सभाबाट पारित भएको छ ।
शुक्रबार बसेको राष्ट्रिय बैठकले सरकारले आगामी आर्थिक वर्ष २०७९/८० को लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको हो ।
बैठकमा बोल्दै राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले १० जेठमा सरकारको तर्फबाट राष्ट्रपति विद्यादेवी भण्डारीले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको घोषणा गरे । राष्ट्रियसभाको अर्को बैठक १५ जेठ दिउँसो ३ बजे बस्नेछ ।
नीति तथा कार्यक्रमलाई पारित पर्नुपूर्व बैठकमा छलफलमा उठेका प्रश्नको प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले जवाफसमेत दिएका थिए ।