बिर्तामोड / सामाजिक सञ्जालमा फेक अकाउन्ट निर्माण गरी नकारात्मक गतिविधि गरेको आरोपमा एक प्रहरी जवानलाई प्रहरीले पक्राउ  छ । पक्राउ पर्नेमा रौतहटको दुर्गा भवानीपुर गाउँपालिका वडा नम्बर - ४ घर भइ प्रहरी चौकी बटेश्वर धनुषामा कार्यरत प्रहरी जवान कृष्ण कुमार यादव रहेको नेपाल प्रहरीको साइबर ब्युरोले जनाएको छ ।

युवतीलाई सामाजिक सञ्जालमा साथी बनाई म्यासेज, च्याट, भिडियो कल गर्ने र सोही क्रममा पीडितलाई प्रलोभनमा पारी खिचेका समाजमा अपाच्य हुने अन्तरङ्ग तस्बिरहरू  सामाजिक सञ्जालमा पोष्ट गर्दै चरित्रहत्या गरेको आरोपमा पक्राउ गरेको हो । उनलाई जेठ ११ गते पक्राउ गरी  जिल्ला अदालत काठमाडौंबाट बिहीबार ५ दिनको म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको ब्युरोको भनाइ छ ।

OM Sai Pathibhara Hospital

यस्तै सामाजिक सञ्जालमा फेक अकाउन्ट खोली युवतीको अन्तरङ्ग तस्बिरहरू आफन्त र साथी भाइलाई पठाई चरित्र हत्या गरेको आरोप प्रहरीले अर्का एकजनालाई पनि पक्राउ गरेको छ । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका वडा-१७ घर भई जिल्ला सुनसरीको धरानमा बस्दै आएका ३१ वर्षीय मोहम्मद सद्दाम भन्ने मोहम्मद कासिमलाई रहेका छन् । उनीमाथि पनि जिल्ला अदालत काठमाडौंबाट ५ दिन म्याद थप गरी आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।