काठमाडौँ  / सर्वोच्च अदालतले निजगढमा निर्माणाधीन अन्तर्राष्ट्रिय विमानस्थल बनाउन रोक लगाएपछि बाराका जनता आन्दोलित भएका छन् ।

राष्ट्रिय गौरवको आयोजना बारामै बन्ने चर्चा चलेको तीन दशकपछि प्रक्रियाले गति लिँदै गर्दा सर्वोच्चले विमानस्थल बनाउन रोक लगाएपछि  जिल्लावासी असन्तुष्ट बनेका हुन् । 

OM Sai Pathibhara Hospital

जिल्लामा बन्ने राष्ट्रिय महत्व बोकेको गेमचेन्जर योजनामाथि अकल्पनीय ढंगले अदालतबाट आदेश हुनु दुर्भाग्यपूर्ण भएको पूर्वमन्त्री एवं एमाले नेता पुरुषोत्तम पौडेलको भनाइ छ ।

उनले विमानस्थल बन्न नदिन दक्षिण (विदेशी)को इसारामा भएको आदेशको प्रतिवाद गर्नु सबै देशभक्त नेपालीको कर्तव्य हो भनेका छन् । 

‘सर्वोच्चको आदेश विकास विरोधी फर्मान हो,’ पौडेलले भने । संघीय सांसद रामबाबु कुमार यादवले तराई मधेसको विकाससँग मात्रै नभई जीवनसँग खेलवाड गर्नेगरी अप्रत्यासित ढंगबाट आएकाले सर्वोच्चको आदेशले गम्भीर बनाएको बताए । अदालतले सुझाव गर्ने हो ।

‘यस विषमा आजसम्म भएका सबै निर्णय नै बदर गर्ने र अर्को स्थानमा बनाऊ भनेर आदेश गर्ने कुराले देश अदालतले देश सञ्चालन गर्ने बाटोबाट अघि बढेको भान हुन्छ’, उनले भने ।