बिर्तामोड / मोरङ र झापाबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ सुन्दरहरैचा नगरपालिका ७ का २३ वर्षीय दीपक चौधरी, झापा भद्रपुर नगरपालिका - ८ का २१ वर्षीय पवन बासफोर र २४ वर्षीय आशिष राजवंशी रहेका छन् । बिहीबार बेलुका साढे ४ बजे लागूऔषध नियन्त्रण व्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले चौधरीलाई विराटनगर महानगरपालिका १६ दरैया स्थितबाट लागूऔषध लुपिजेशिक १२ एम्पुल, एभिल १२ एम्पुल, डाईजेल्याब १२ एम्पुल,फेनारगन १२ एम्पुल, नाईट्रोसन २० ट्याब्लेट सहित पक्राउ गरेको  हो ।

यस्तै बिहीबार बेलुका ४ बजे जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले बासफोर र राजवंशीलाई लुपिजेसिक ३५ एम्पुल, फेनारगन ३७ एम्पुल, डाईजेपाम ३५ एम्पुल, लेबल बिनाको ३ एम्पुल र लागूऔषध लोड भएको १० एम एलको सिरिन्ज थान १ सहित घरैबाट पक्राउ गरिएको हो । पक्राउ परेका तिनै जनामाथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।