काठमाडौं / सशस्त्र प्रहरी बलले आफ्ना कर्मचारीलाई फ्रेन्च भाषा पढाउने भएको छ ।
संयुक्त राष्ट्रसङ्घले शान्ति मिसनमा फ्रेन्च भाषा जानेकालाई प्राथमिकता दिन थालेपछि सशस्त्रले केही कर्मचारीलाई फ्रेन्च पठाउन लागेको हो ।
हालै सशस्त्र प्रहरीले ५० जनालाई फ्रेन्च पठाउने प्रक्रिया सुरु गरेको छ । त्यसका लागि आवेदन दिन इच्छुक कर्मचारीलाई सूचना मार्फत आह्वान गरिएको छ ।
आवेदक मध्येबाट छानेर भाषा पढाउन लागिएको सशस्त्रका एक अधिकारीले बताए । त्यस्तै, सशस्त्र प्रहरी बलले अन्य देशमा शान्ति मिसनमा पठाउनका लागि पनि पहल थालेको छ ।