काठमाडौं / नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले यौन दुर्व्यवहार गरेको आरोपमा एक कर्मचारीलाई निलम्बन गरेको छ ।
परिषद्ले इन्टर्नसिपमा आएकी युवतीलाई यौन दुर्व्यवहार गरेको अभियोगमा तालिम अधिकृत विजयकुमार झालाई निलम्बन गरेको हो ।
झाले दुर्व्यवहार गरेको भन्दै युवतीले निवेदन दिएपछि परिषदले सोधपुछ गर्दा घटना भएको पाएपछि छानबिन समिति समेत गठन गरेको जनाइएको छ ।