हेटौंडा / पेट्रोलियम पदार्थको मूल्यवृद्धि विरुद्धको आन्दोलनको क्रममा हेटौडाबाट अनेरास्ववियुका नेताहरू पक्राउ परेका छन् । अनेरास्ववियुले आज मूल्यवृद्धि विरुद्ध सरकारी सवारीसाधनको चाबी नियन्त्रणमा लिएर नजिकैको प्रहरी कार्यालयमा बुझाउने कार्यक्रम राखेको थियो ।

आन्दोलनको क्रममा सरकारी सवारीको चाबी थुतेपछि प्रहरीले विद्यार्थी नेताहरूलाई पक्राउ गरेको हो । प्रहरीले स्थायी कमिटी सदस्य सन्तोष पौडेल, जिल्ला उपाध्यक्ष भुवन मैनाली, सचिव पुष्कर तिमल्सिना, युवा संघका नेता राजकुमार घिमिरेलगायतलाई पक्राउ गरेको हो ।

OM Sai Pathibhara Hospital

शान्तिपूर्ण आन्दोलनका क्रममा आफ्ना नेताहरूलाई गिरफ्तार गरिएको घटनाप्रति अनेरास्ववियुले खेद प्रकट गरेको छ । गिरफ्तार गरिएकाहरूलाई अविलम्ब रिहाईको लागि अनेरास्ववियु मकवानपुरका अध्यक्ष विशाल पौडेलले माग गरेका छन् ।