झापा / तीव्र गतिका कारण एम्बुलेन्स दुर्घटना हुँदा सिन्धुपाल्चोकमा एक जनाको मृत्यु भएको छ । सिन्धुपाल्चोकको लामोसाँघु- जिरी सडकखण्ड अन्तर्गत दुई किलोमा एम्बुलेन्स दुर्घटना भएको हो । मृत्यु हुनेमा स्थानीय ७५ वर्षीया मनमाया खड्का रहेको प्रहरीले जनाएको छ ।
एम्बुलेन्स सुनकोशी गाउँपालिका वडा नम्बर ७ स्थित दुई किलोमा गए राति बा २० च ६३२७ नम्बरको एम्बुलेन्स अनियन्त्रित भई सडक छेउको एक घरमा छिरेको थियो । उक्त एम्बुलेन्स खाडीचौर बचत तथा ऋण सहकारी संस्थाले सञ्चालन गर्दै आएको थियो । तीव्र गतिका कारण एम्बुलेन्स दुर्घटनामा परेको अनुमान छ ।