काठमाडौँ / राहदानी विभागले (आइतबार) पनि सेवा प्रवाह गर्ने भएको छ ।
नीति तथा कार्यक्रममा विद्युतीय राहदानी सहज रुपमा उपलब्ध गराउन उल्लेख गरेकाले १५ गतेबाट सार्वजनिक बिदाको दिन पनि नियमित रुपमा खुल्ने भएको हो ।
विभागका अनुसार सेवाग्राहीको चाप बढेकाले सार्वजनिक बिदाको दिन पनि सेवा दिन लागेको हो । अर्को व्यवस्था नभएसम्म आइतबार १० देखि ४ बजेसम्म खुल्ने भएको हो ।
त्यस्तै विभागले राहदानीको लागि आवेदन दिएका सेवाग्राहीले बुकिङ गरेको सम्बन्धित मिति र समयमा विभागमा आउन अनुरोध गरेको छ ।