बिर्तामोड / इलामको देउमाई नगरपालिकाका नवनिर्वाचित मेयर सूर्यप्रसाद पोखरेलले विद्यालयहरूमा आइतबार बिदा नदिने आदेश गरेका छन् ।

जेठ ९ गते पदभार ग्रहण गर्दै उनले सामुदायिक विद्यालयमा शनिबार एक दिन मात्र विदा गरी बाँकी ६ दिन यथावत रुपमा पठनपाठन हुने निर्णय गरेका हुन् ।
नगरपालिकाका शिक्षा, युवा तथा खेलकुद शाखाका प्रमुख रुपेन्द्रप्रसाद न्यौपानेले सबै विद्यालयमा पत्राचार गर्दै मेयरको आदेश अनुसार पठन पाठन गराउन आग्रह गरेका छन् ।
सरकारले जेठ १ देखि सामुदायिक विद्यालयहरूमा पनि आइतबार सार्वजनिक बिदा दिएको छ । तर देउमाईका मेयर पोखरेलले भने आइतबार बिदा नदिने निर्णय गरेका हुन् ।