काठमाडौँ / ज्येष्ठ नागरिकको अधिकार संरक्षणका लागि राष्ट्रिय ज्येष्ठ नागरिक नीति बनाइने भएको छ । सरकारको आ .व २०७९/८० को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकको अधिकार संरक्षण र कल्याणकारी कार्यक्रम सञ्चालन गर्नका लागि राष्ट्रिय ज्येष्ठ नागरिक नीति तर्जुमा गरिने बताएकी हुन् ।

ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिको संरक्षण गरिने पनि बताइन् । उनले महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति एवं लैंगिक तथा यौनिक अल्प संख्यकका समस्या सम्बोधन गर्न जिल्लास्तरमा समन्वय इकाईको प्रबन्ध गर्ने पनि बताइन् । उनले अपांगता भएका व्यक्तिको संरक्षण र आत्मनिर्भरताका लागि शिक्षा, प्रविधि र सीपमा पहुँच वृद्धि गरिने पनि उल्लेख गरिन् ।