काठमाडौं / गत २०७८ फागुन २६ गते दिउँसो  २३ वर्षीया महिलालाई जबरजस्ती करणी गर्न खोजी फरार रहेका चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा ४५ वर्षीय चिनियाँ नागरिक लि छेन रहेका छन् ।

जेनजोङग मेसिनरी म्यानुफ्याक्चरिङ कम्पनी प्रालिका सञ्चालक लि छेनले आफ्नै कम्पनीको अफिसको कोठाभित्र ति महिलालाई कोही नभएको मौका पारी जबरजस्ती करणी गर्न खोजेका थिए । पक्राउ परेका उनी माथ प्रहरी वृत्त थानकोट काठमाडौंबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।