रुपन्देही / रुपन्देहीमा फलामको ढिक्कालाई सुन भनी ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा रुपन्देहीको गैडहवा गाउँपालिका–९ धुसुवाका ३७ वर्षीय काके भन्ने धनबहादुर सुनार र अर्घाखाँची मालारानी गाउँपालिका–३ का ३७ वर्षीय नवीन भन्ने देवबहादुर मगर छन् रहेका छन् ।
सैनामैना नगरपालिका–१० शितलापुरस्थित होटलमा गत ५ जेठमा स्थानीय ४० वर्षीया धन सोमैलाई पुरानो बाँकी पैसा दिन्छौं भन्दै सुनजस्तो देखिने फलाम थमाएका थिए । त्यक्रममा सोमैले हातमा लगाएको सुनको ब्रासलेट फुत्काई भागेका थिए ।
उनीहरुको साथबाट सुनजस्तो देखिने पहेलो पदार्थ लगाएको फलामको ढिक्का ९ थान, विभिन्न कम्पनीका ४ वटा मोबाइल, पीडितको ब्रासलेट गालेर बनाएको १ तोला ७ लाल ८ पोइन्टको सुनको डल्ला बरामद गरेको छ ।
उनीहरुलाई ठगी सम्बन्धी कसुरमा रुपन्देही जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।