पोखरा / पोखरा महानगरपालिकाको मतगणनामा नेकपा एमालेकातर्फबाट प्रतिनिधि बस्न नमानेपछि मतगणना स्थगित भएको छ ।

मुख्य निर्वाचन अधिकृत कार्यालय स्रोतले मतगणना रोकिएको जानकारी दिएको छ । पोखराको २२, ३२ र ३३ वडा नम्बरको मत गणना भइरहेको थियो । तर एमालेका प्रतिनिधि बस्न नमानेपछि अहिले गणना रोकिएको छ ।
नेकपा एमालेले पोखरा १८ र  ३१ मा पुनः मत गणना गर्न माग गर्दै मुख्य निर्वाचन अधिकृत कार्यालयमा निवेदन दिएको छ । ३ हजार ८१५ मत गन्न बाँकी हुँदा नेकपा एकीकृत समाजवादीका उम्मेदवार धनराज आचार्य ५ हजार ४८५ मतान्तरले अगाडि छन् ।