काठमाडौं / काठमाडौंको चाबहिलस्थित सेन्ट लरेन्स कलेजका शिक्षकले एक छात्रालाई यौन दुर्व्यवहार गरेको खुलासा भएपछि विद्यार्थीहरू कारबाहीको माग राखेर आन्दोलनमा उत्रिएका छन् ।

उक्त कलेजको कक्षा ११ मा पढ्ने एक छात्रामाथि कलेजका शिक्षक तथा संयोजक जनार्दन अधिकारीले पटकपटक यौन दुर्व्यवहार गरेको बताइएको छ ।

OM Sai Pathibhara Hospital

कलेज प्रशासन नै शिक्षकको बचाउमा लागेपछि विद्यार्थीहरू कारबाहीको माग राखेर आन्दोलनमा उत्रिएका हुन् । उनीहरूले अहिले पठनपाठन पूर्णरूपमा बन्द गरेर कलेज परिसरमा प्रदर्शन गरिरहेका छन् ।