बिर्तामोड / कञ्चनपुरमा पोष्ट हार्भेष्ट सेन्टर र कस्टम हायरिङ सेन्टर स्थापना गर्दा अनियमितता गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

जिल्लाको भीमदत्त नगरपालिका-२, १९ र कृष्णपुर नगरपालिका-६ मा आर्थिक वर्ष २०७३/०७४ मा पोष्ट हार्भेष्ट सेन्टर र कस्टम हायरिङ सेन्टर स्थापनाको लागि सञ्चालक समितिमा निकासा भएको रकम समितिले आर्थिक अनियमितता गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेको हो ।

OM Sai Pathibhara Hospital

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई धानजोन कञ्चनपुरका कार्यालय प्रमुख वरिष्ठ कृषि अधिकृत टंकप्रसाद रिजालले ३ वटा ट्रयाक्टरको मल्याङ्कन गरी १६ लाख ३५ हजार बढी मूल्यमा खरिद गरेको पुष्टि भएको अख्तियारले जनाएको छ । 

रिजालको हकमा भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ञ) बमोजिम मालसामान खरिद गर्दा गुणस्तरहीन, म्याद नाघेको र अस्वभाविक बढी मूल्य तिरी खरिद गरेरगराएको कसुरमा बिगो सोह्र लाख पैँतीस हजार रुपैयाँ गरी ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी गरिएको छ । 

त्यस्तै धानजोन सञ्चालक समितिका संयोजक तथा शुक्लाफाँटा कृषि सहकारी अध्यक्ष दशरथ भण्डारीले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को खण्ड (ञ) बमोजिम मालसामान खरिद गर्दा गुणस्तरहीन, म्याद नाघेको र अस्वभाविक बढी मूल्य तिरी खरिद गर्ने गरेको पाइएको छ । 

उनलाई सो कसुरमा बिगो सोह्र लाख पैँतीस हजार रुपैयाँ कायम गरी ऐनको दफा ८ को उपदफा (१) बमोजिम सजाय हुन मागदाबी लिइएको छ ।

परियोजना कार्यान्वयन इकाई कार्यालय, कञ्चनपुर, महाकाली सिँचाइ आयोजनामा कार्यरत इन्जिनियर मोहनराम टेलरले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को (क) बमोजिम नर्मस तयार गर्दा अस्वाभाविक किसिमबाट बढी काम वा लागत देखाउने कसूर गरेकोमा सोह्र लाख पैतीस हजार रुपैयाँ बिगो कायम गरी ऐनको दफा ८ को उपदफा ९१० बमोजिम सजाय हुन मागदाबी गरिएको छ । 

त्यसैगरी दिनेश मोटर्स प्रा.लि. का सञ्चालक राजिव हमालले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा ९४० बमोजिम नेपाल सरकार वा सार्वजनिक संस्था समक्ष गरेको डिलरशिपको शर्त उल्लंघन गरी व्यवसाय गरेको कसुरमा सोह्र लाख पैँतीस हजार रुपैयाँ बिगो कायम गरी ऐनको दफा ८ को उपदफा ९४० बमोजिम सजाय हुन मागदाबी गरिएको छ ।