ताप्लेजुङ / ताप्लेजुङमा बाख्रा चराउन जङ्गल गएकी किशोरी मृत भेटिएकी छन् । ताप्लेजुङको फुङलिङ नगरपालिका- ३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत फेला परेकी हुन् । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार भट्टराईको भीरबाट लडेर मृत्यु भएको हुनसक्छ ।

आइतबार मध्यान्ह १२ बजेतिर बाख्रा लिएर गएकी उनी साँझसम्म नफर्किएपछि परिवारका सदस्य खोजीमा निस्किएका थिए । बाख्रा मात्रै बाटोमा भेटेपछि सशङ्कित उनीहरूले खोजी गर्ने क्रममा मृत भेटिएको र प्रहरीलाई खबर गरेको स्थानीयवासीले जनाएका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

OM Sai Pathibhara Hospital