झापा / २६ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शुक्लागण्डकी नगरपालिका- १० मान्द्रे बस्ने ३२ वर्षीय जीवन बिक भनिने जुठे बिक रहेको प्रहरीले जनाएको छ । बिकले ती महिलालाई शुक्लागण्डकी नगरपालिका- १० छाब्दीस्थित जङ्गलको झाडीमा गत जेठ १ गते साँझ जबरजस्ती करणी गरेको पीडितको आरोप रहेको छ ।
घटना सम्बन्धमा खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय बेलचौताराबाट खटिएको प्रहरीले उनलाई आइतबार दिउँसो पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।