बिर्तामोड / मोरङको बेलबारी नगरपालिका- ५ मा करेन्ट लागेर ट्रिपर चालकको मृत्यु मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रिपरका चालक सुन्दरहरैचा नगरपालिका- ८ सलकपुरका ३० वर्षीय नगेन्द्र कार्की रहेको प्रहरीले जनाएको छ ।
आइतबार दिउँसो साँढे २ बजेको समयमा जलजला क्रसर भित्र पार्किङ गरी राखेको ट्रिपरलाई सफा गर्नका लागी डाला उठाउँदा अचानक बिजुलीको तारमा छुँदा करेन्ट लागी कार्कीको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।