झापा / कपिलवस्तुको कृष्णनगर नगरपालिका -११ सौनहवामा आइतबार बेलुकी दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने, चार जना घाइते भएका छन् । मृत्यु हुनेमा मोटरसाइकल चालक कृष्णनगर नगरपालिका- १० बकौलीका २२ वर्षीय राजेशलाल चौरसिया रहेको प्रहरीले जनाएको छ । 

कृष्णनगरबाट चन्द्रौटा तर्फ जाँदै गरेको लु ७५ प ४१३ नम्बरको मोटरसाइकल र विपरित दिशाबाट आउँदै गरेको तीन जना सवार लु ८ प १५०२ नम्बरको मोटरसाइकल हिजो बेलुकी सवा ८ बजे ठोक्किएका थिए । 
घाइते भएका अर्को मोटरसाइकल चालक सहित चार जनाको सोही अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।