सिरहा / सिरहामा शनिबार मध्यराति धारिलो हतियार प्रयोग गरि बाबुछोराको विभत्स हत्या भएको छ । जिल्लाको अर्नामा गाउँपालिका- १ महनौरका ६० वर्षीय चुलाही भनिने चन्देश्वर पाल र उनका २० वर्षीय छोरा सन्तकुमार पालको विभत्स हत्या भएको प्रहरीले जनाएको छ । २० वर्षीय छोरा सन्त कुमारको आगामी जेठ ११ गते विवाह हुने खुशीमा महिलाहरू राति १२ बजेसम्म घरमा विवाह गीत गाएर फर्केपछि उनीहरुको हत्या भएको हो । 

हत्याबारे प्रहरीले घटनास्थलमा तालिम प्राप्त कुकुर (डगटोली) बाट अनुसन्धान गरेको छ। उनीहरु दुवैको ओछ्यानमै शव फेला परेको छ सिरहा प्रहरी प्रवक्ता डीएसपी सुभास ढकालले भने, शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल सिरहामा लगिएको छ । अनुसन्धान गर्दैछौँ ।
घटनाको अनुसन्धान भइरहेकाले अहिले केही भन्न नसकिने ढकालले बताए ।