झापा / भोजपुर निवासी १३ वर्षीया एक अपाङ्गता भएकी नाबालिकाले जबरजस्ती करणीबाट गर्भवती बनेर बच्चा समेत जन्माएकी छिन् । 

आफ्नै घरको गोठमा गत असार २७ गते गाउँकै रामचन्द्र राईले जबरजस्ती करणी गरेपछि गर्भ रहन गई उनको छोरी समेत जन्मिएको हो । 

OM Sai Pathibhara Hospital

नाबालिका बलात्कृत भएर बच्चा जन्मिएको करिब चार महिना हुन लाग्दा पनि अभियुक्त पक्राउ नपरेको भन्दै पीडितका बाबुले दुःख व्यक्त गरेका छन् ।

घटनाबारे पीडित नाबालिकाका बुबाले २०७८ पुस १९ गते नै जिल्ला प्रहरी कार्यालय भोजपुरमा जाहेरी दिएका थिए ।

प्रहरीका अनुसार घटनाका सम्बन्धमा गाउँमा चर्चा चलेपछि त्यही समयदेखि नै अभियुक्त राई फरार रहेका छन् । पीडितका बुबाका अनुसार ३६ वर्षका अभियुक्त राईले गोठमा जबरजस्ती करणी गरेका थिए ।

घटना भएको लामो समयसम्म पीडक पक्राउ नपर्दा घटना ढाकछोप हुनसक्ने पीडितका आफन्त तथा स्थानीले गुनासो गरेका छन् । 

जिल्ला अदालत भोजपुरको आदेशानुसार प्रहरीबाट पक्राउ पुर्जी जारी भई प्रतिवादी राईको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायब उपरीक्षक राजकुमार राईले बताएका छन्