काठमाडौँ / नेपाली बजारमा आइतबार सुनको मूल्य प्रतितोला ९८ हजार रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको कारोबार मूल्य तोक्दै तोलामा ७०० रुपैयाँले बढेको जानकारी दिएको हो । यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला ९७ हजार ५०० रुपैयाँ छ । गत साताको शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला ९७ हजार ३०० र तेजाबी सुनको मूल्य ९६ हजार ८०० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको कारोबार मूल्य भने स्थिर छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज गत साताको शुक्रबारकै मूल्य प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ ।