काठमाडौँ / गत  बैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा कुल ७५३ स्थानीय तहमध्ये हालसम्म ७०० स्थानीय तहको नतिजा घोषणा भएको  छ । स्थानीय तह निर्वाचन सम्पन्न भएको ९ दिन बित्दासमेत अन्तिम मत परिणाम घोषणा हुन सकेको छैन ।

जसअनुसार नेपाली कांग्रेसले १२४ प्रमुख र १८४ अध्यक्षमा जितेको छ । कांग्रेसले अझैपनि १० प्रमुख र ४ अध्यक्ष पदमा अग्रता कायमै राखेको छ । यस्तै नेकपा एमालेले स्थानीय तहका ६७ प्रमुख तथा १२१ अध्यक्ष पद जित्दा १५ प्रमुख र २ अध्यक्षमा अग्रता कायमै राखेको छ । 

OM Sai Pathibhara Hospital

यसैगरी तेस्रो स्थानमा रहेको नेकपा माओवादी केन्द्रले २४ प्रमुख र ९६ अध्यक्ष पद जित्दा अझैपनि प्रमुख २ पालिकामा अग्रता कायमै राखेको छ । यस्तै एकीकृत समाजवादीले ९ प्रमुख जित्दा अन्य पार्टी र स्वतन्त्र उम्मेदवारले २५ पालिका जितेका छन् । यस्तै गाउँपालिकातर्फ जसपाले २० स्थानीय तह जित्दा एकीकृत समाजवादी, लोसपा , जनमत लगायतका पार्टी र स्वतन्त्र उम्मेदवारले २४ पालिकामा जित हासिल गरेको निर्वाचन आयोगले जनाएको छ ।