काठमाडौं / शुक्रबार मात्रै एआईजीमा बढुवा गरिएको एआईजी बसन्त कुमार लामा दूई दीनको सेवा अवधि पछि अनिवार्य अवकाशमा जाने भएका छन् ।

लामा एआईजीमा ५६ वर्षे उमेर हद भएका कारण शनिबार मध्यरातदेखि अनिवार्य अवकाशमा जाने भएका हुन् । 

OM Sai Pathibhara Hospital

लामाले दुई दिने कार्यकाल सकेर अवकाश पाउने भएपछि नेपाल प्रहरीको पाँच एआईजीको दरबन्दी रिक्त हुने भएको छ ।

रिक्त पाँच एआईजी पदमा डीआइजी उत्तमराज सुवेदी, अरुणकुमार बिसि, दिवेश लोहनी, मुकुन्दराज आचार्य र पुजा सिंहलाई बढुवा सिफारिस गर्ने तयारी गरिएको छ । 

डीआईजीद्वय सुवेदी र बिसि २०७७ बैशाख ७ मा बढुवा भएका थिए भने डीआईजीद्वय लोहनी र आचार्य २०७७ पुस २० मा डीआईजीमा बढुवा भएका थिए ।

हालका आईजीपी धिरजप्रताप सिंहसँग २०४९ चैत ११ मा प्रहरी निरीक्षकबाट नेपाल प्रहरीमा सेवा प्रवेश गरेका उनिहरु मध्ये सुवेदी, बिसि र लोहनी काबिल प्रहरी अधिकृतको रुपमा परिचित रहेका छन् ।

हाल डीआईजी सुवेदी उपत्यका प्रहरी कार्यालय रानीपोखरीको निमित्त प्रमुख, बिसि एक नम्बर प्रदेश प्रहरी प्रमुख, लोहनी गण्डकी प्रदेश प्रहरी प्रमुख, आचार्य राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्जको निमित्त कार्यकारी निर्देशक र सिंह बागमती प्रदेश प्रमुखको जिम्मेवारीमा कार्यरत रहेका छन् ।