एजेन्सी / भारतीय हवाई सेवा कम्पनी जेट एयरवेजले एयर अपरेटरको प्रमाणपत्र पाएको छ । भारतीय नागरिक उड्डयन प्राधिकरण डायरेक्टोरेट जनरल अफ सिभिल एभिएसनले जेट एयरलाई अनुमति दिएको हो ।
दक्षिण एसियाली मुलुकका वायुसेवा मध्ये निजी क्षेत्रको सबैभन्दा ठूलो कम्पनी मानिएको जेट एयरवेज लगातार घाटामा गएपछि बन्द भएको थियो । यसका जहाज २०१९ अप्रिल तेस्रो सातादेखि ग्राउण्डेड छन् ।
नयाँ व्यवस्थापनसँगै कम्पनीले पुनः उडान थाल्ने तयारी गरिरहेको हो । यसका लागि कम्पनीले आवश्यक सङ्ख्यामा प्राविधिक र गैरप्राविधिक कर्मचारी भर्नासँगै परीक्षण उडानहरू गरिसकेको छ ।