काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयर पदका स्वतन्त्र उम्मेदवार बालेन साहले फराकिलो मतान्तरसहितको अग्रता कायमै राखेका छन् ।
शनिबार दिउँसो १ बजे सार्वजनिक भएको परिणाम अनुसार बालेनले ३४ हजार मत कटाएका छन् । ९३ हजार ६४७ मत गन्दा साहको खातामा ३४ हजार १३० मत परेको छ । एमालेका केशव स्थापितले १८ हजार ५४७ मत पाएका छन् । नेपाली काङ्ग्रेसकी उम्मेदवार सिर्जना सिंहले भने १८ हजार ४२९ मत पाएकी छन् । स्थापितसँग बालेनको मतान्तर १५ हजार ५८३ छ भने सिर्जनासँग १५ हजार ७०१ छ । सिर्जना र स्थापित बीचको मतान्तर ११८ छ ।