बिर्तामोड / सरकारले सशस्त्र प्रहरीका डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवा गरेको छ ।
बढुवाका लागि चार जना डीआईजीले आवेदन दिएकोमा शुक्रबार बिहान बसेको मन्त्रिपरिषद्को बैठकले पौडेललाई एआईजीमा बढुवा गरेको हो ।
डीआईजी वरियतामा अगाडि रहेका पौडेललाई नै बढुवा समितिले एआईजीमा बढुवा सिफारिस गरेको थियो । ढुवासँगै पौडेल सशस्त्रको भावी आईजीको रोलक्रममा अन्य अधिकारीभन्दा अघि भएका छन् ।
सशस्त्रमा दुई एआईजी पद रिक्त भए पनि गत २१ वैशाखमा पौडेललाई एकल रुपमा बढुवा सिफारिस गरिएको थियो ।
बढुवा सिफारिसमा चित्त नबुझ्ने डीआइजीहरूले सशस्त्र प्रहरी नियमावली अनुसार ७ दिनभित्र उजुरी दिन सक्ने सूचना जारी गरेको थियो । सो अवधिमा उजुरी नपरेपनि सरकार स्थानीय तह निर्वाचनमा व्यस्त भएका कारण पौडेलको बढुवामा ढिलाइ भएको हो ।