धरान / धरान उप–महानगरपालिका –२० को मतगणना स्थगन गरिएको छ । १८ वटा मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको भेटिएपछि मतगणना स्थगन गरिएको हो ।
सर्वपक्षीय छलफल पश्चात हस्ताक्षर नभएको मतपत्रलाई निर्वाचन कार्यालयले बदर गर्ने निर्णय गरेसँगै नेकपा माओवादी केन्द्रका समर्थकहरूले हाल नाराबाजी गरिरहेका छन् ।
उनीहरूले हस्ताक्षर बिनाको मतपत्रलाई पनि मान्यता दिनुपर्ने माग राख्दै नाराबाजी गरेपछि अहिले मतगणना स्थगित भएको हो ।
धरानस्थित निर्वाचन अधिकृतको कार्यालयका अनुसार धरान २० मा १८ वटामध्ये माओवादी ११ र बाँकी ७ वटा काँग्रेस एमालेको मतपत्र बदर भेटिएपछि सर्वदलीय छलफल पश्चात हस्ताक्षर विनाको मतपत्रलाई बदर गरिएको थियो ।