बिर्तामोड / झापाको गौरादह नगरपालिका- ५ मा नेकपा एमालेको प्यानल नै विजयी भएको छ ।  एमालेका जगन्नाथ खनालले नेपाली कांग्रेसका ताराकुमार श्रेष्ठलाई ३०७ मतान्तरले पराजित गरी वडाध्यक्ष जितेका हुन् । खनालले १८९० मत ल्याउँदा श्रेष्ठले १५८३ मत पाएका छन् । त्यस्तै वडा सदस्यमा समेत एमालेका उम्मेदवारहरू निर्वाचित भएका छन् ।

खुल्ला सदस्यमा मोहनकुमार राई १८०६ ,कपिलमणि काफ्ले १७८५ , महिला सदस्यमा गोमादेवी लिम्बू ( चेम्जोङ ) १७६७ र दलित महिला सदस्यमा छलीमाया नेपाली १९३१ मत ल्याएर निर्वाचित भएका छन् ।

OM Sai Pathibhara Hospital