बिर्तामोड / भद्रपुर नगरपालिकाको उपमेयरमा राप्रपाकी राधा कार्कीले ३३३ मतले अग्रता लिएकी छिन् । गठबन्धनका उम्मेदवार माओवादी केन्द्रका शिवकुमार राजभण्डारी भने फेरि पछि परेका छन् । हाल ९ नम्बरको मतगणना जारी रहँदा राप्रपाकी कार्कीले फेरि अग्रता लिएकी हुन् । कार्कीले ७९७५ मत ल्याउँदा राजभण्डारीले ७६४२ मत ल्याएर पन्छाइरहेका छन् ।