झापा / चुनाव हार जितको विषयलाई लिएर दाजुभाइ बिचमा झगडा हुँदा धनुषामा गाली चलेको छ । धनुषाको नगराइन नगरपालिका- ८ मा चुनाव हार जितको विषयमा विवाद हुँदा गोली चलेको हो । काँग्रेस र एमाले समर्थक दाजुभाइको बिचमा विवाद हुँदा गोली चलेको हो ।
झगडामा संलग्न ११ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी प्रदिप क्षेत्रीले बताए । क्षेत्रीले भने- ‘घटनास्थलबाट २ वटा पेस्तोल बरामद गरेका छौं ।’ चुनाव हार जितको विषमा राजिव पासवान, धर्मेन्द्र पासवान र श्री नारायण पासवानको बीचमा विवाद भएको थियो ।