बिर्तामोड / कनकाई नगरपालिकामा २३२३२ मतगणना हुँदा मेयरमा एमाले र उपमेयरमा काङ्ग्रेस उममेदवार जित नजिक रहेका छन् । अहिले सम्म कनकाईका ४, ५, ६ , ७ ,८ र ९ नं वडाको मत गणना सकिएको छ । वडा नम्बर १, २ र ३  को मतगणना भइरहेको छ ।

कनकाईमा जम्मा २५ हजार ८ सय ५१ मत खसेकोमा अब जम्मा २६१९ मत गणना हुन बाकी छ ।
अहिले सम्म २३ हजार २ सय ३२ मत गणना हुँदा मेयर पदमा नेकपा एमालेका उममेदवार राजेन्द्रकुमार पोखरेल ७७ सय ५७ मत ल्याउँदै जित नजिक छन । उनका निकटतम प्रतिद्वन्दी नेपाली काङ्ग्रेसका उम्मेद्वार रुद्रप्रसाद चिमरियाले ५८ सय ३७ मत  प्राप्त गरेका छन । अहिले पोखरेल १९२० मत अन्तरले अगाडि छन ।

OM Sai Pathibhara Hospital

त्यसैगरी उपमेयरमा नेपाली काङ्ग्रेसकी उम्मेद्वार आशा शर्मा शिवाकोटी पनि ९५ सय ३० मत प्राप्त गरि जित नजिक पुगेकी छन । उनकी निकटतम प्रतिद्वन्दी एमालेकी मञ्जु प्रसाईँले ७९ सय ५५ मत प्राप्त गरेकी छन । शिवाकोटी अहिले १५७५ मत अन्तरले अगाडि छन ।

प्रमुख तर्फ 
सूर्य , राजेन्द्रकुमार पोखरेल . ७७५७
रूख , रुद्रप्रसाद चिमरिया .  ५८३७
हलो , श्यामसुन्दर ओली . १९६३
जेब्रा , शेर बहादुर थापा . ५३२९
तराजु , भिमप्रसाद अधिकारी . १६१
पुतली , देवीप्रसाद उप्रेती . ८
कम्प्युटर , टङ्क उप्रेती . १८

उप प्रमुख तर्फ 
सूर्य , मञ्जु प्रसाईं . ७९५५
रूख , आशा शर्मा . ९५३०
हलो , सचित्रा खनाल चुडाल . १५४०
कलम , अम्बिका महत उप्रेती . ५८४
तराजु , अम्बिका चापागाईं सुवेदी . १०३
किताब , बिन्दिया बराइली . ७
कम्प्युटर , शान्ता दाहाल . १५

वडा अध्यक्ष तर्फ , वडा नं. ३ मा ४५३२ मत गणना हुँदा
सूर्य . १३२८
रूख . १०९१
हलो . ४०२
तराजु . ८०

वडा अध्यक्ष तर्फ , वडा नं. २ मा १७३१ मत गणना हुँदा

सूर्य . ५१४
रूख . ४०९
हडिया हतौडा . ४७
हलो . ३६
जेब्रा. ५५१

वडा अध्यक्ष तर्फ , वडा नं. १ मा १८०० मत गणना हुँदा
सूर्य . ८०४
रूख . ६६९
हसिया हतौडा . २४
हलो . १६७