काठमाडौँ / भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले ६ हजार चार सय ३९ मतसहित अग्रतालाई कायमै राखेकी छिन् । अहिलेसम्म १९ हजार एक सय ८३ मतगणना हुँदा दाहाल एक सय ६७ मतले अघि छिन् ।
उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार विजय सुवेदीले ६ हजार दुई सय ७२ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले तीन हजार एक सय ३९ मत ल्याएका छन् ।यस्तै उपमेयरमा पनि गठबन्धनकै अग्रता छ ।