बिर्तामोड / इलामको माई नगरपालिकामा वडाध्यक्ष सहित नेकपा एमालेको प्यानलनै विजयी भएको छ । एमालेका हेमबहादुर लायो मगरले निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका लक्ष्मण आले मगरलाई ६८ मतान्तरले अग्रता लिदैँ विजयी भएका हुन् ।  विजयी लायो मगरको ७४६ मत रहेको छ भने पराजित आले मगरको ६७८ मत प्राप्त रहेको छ ।

त्यस्तै महिला सदस्य लेखमाया राई नेकपा एमाले- ८४८ मत ल्याई विजयी बन्दा निकटतम प्रतिस्पर्धी देवीमाया ढुङ्गाना नेपाली कांग्रेसले- ५११ मत प्राप्त गरेका । छ । दलित महिला सदस्यमा एमालेका कल्पना विश्वकर्माले- ८२३ मत सहित विजय हुँदा निकटतम प्रतिस्पर्धी शान्ता कामी नेकपा माओवादी केन्द्रका- ५२७ मत प्राप्त गरेका थिए । 

OM Sai Pathibhara Hospital

खुल्ला सदस्यमा एमालेका महेन्द्र बुढाथोकी- ८०९ र सन्तोषी राई - ८१७ मत सहित विजय हुँदा उनका निकटतम प्रतिस्पर्धी कुमार बस्नेत नेपाली कांग्रेस-  ४८९ र कुल बहादुर लुङ्गेली नेपाली कांग्रेस- ६३५ मत प्राप्त गरेका थिए ।