बिर्तामोड  / झापाको भद्रपुर नगरपालिका –६ को वडा अध्यक्षमा गठबन्धनबाट उम्मेदवार बनेका नेपाली कांग्रेसका रतिया राजवंशी निर्वाचित भएका छन् । 

राजवंशी उनका निकटतम प्रतिस्पर्धी राप्रपाका ढकबहादुर विष्टलाई ४८९ मतान्तरले पराजित गर्दै भद्रपुर –६ को वडा अध्यक्षमा निर्वाचित भएका हुन्  ।

OM Sai Pathibhara Hospital

राजवंशीले एक हजार १६७ मत ल्याउँदा विष्टले ६७८ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका महतलाल राजवंशी ५१८, जसपाका शत्रुधन चौधरी ३३३ र स्वतन्त्र उम्मेदवार राजेश गुप्ताले २६७ मत पाएका थिए । 

त्यस्तै वडा सदस्यमा काँग्रेसका यदुनन्दन रौनियार र दलित महिला सदस्य रेखादेवी साफीले मत ल्याएर विजयी भएका छन् भने खुल्ला वडा सदस्यमा एमालेका प्रकाश शर्मा र सन्ध्या कुमारी डङ्गोल विजयी भएका छन् ।