बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका –५ मा एक हजार ५९५ मत गणना गर्दा (कांग्रेस—माओवादी) गठबन्धनले अग्रता लिएको छ ।
(कांग्रेस—माओवादी) गठबन्धनका उम्मेद्वार रञ्जिता कार्की ७२१ मतका साथ अग्र स्थानमा छिन् ।
त्यस्तै प्रमुख पदमा एमालेका उम्मेद्वार बलदेव गोम्देन तामाङले ६४० मतका साथ रञ्जितालाई पछ्याइ रहेका छन् भने राप्रपाकी उम्मेद्वार सूर्य खतिवडाले ५४ मत प्राप्त गरेकी छिन् ।
त्यस्तै उपप्रमुख पदमा एमालेकी खड्गमायाँ पराजुलीले ६४९ मत प्राप्त गरेकी छिन् भने गठबन्धनका तर्फका उम्मेद्वार माओवादी केन्द्रका जितेश योञ्जनले ३८१ मत र राप्रपाका उपमेयरले १११ मत प्राप्त गरेका छन् ।
वडा नम्बर –५ का वडाध्यक्ष पदमा एमालेका उम्मेदवारले ५६७, कांग्रेसले ७५९ र राप्रपाले ९८ मत प्राप्त गरेको छ । अर्जुनधारा –५ मा जम्मा चार हजार १८० मत खसेको थियो ।