बिर्तामोड / झापाको बाह्रदशी गाउँपालिका -५ मा वडाध्यक्ष सहित राप्रपाको प्यानल नै विजयी भएको छ । राप्रपाबाट वडा अध्यक्षमा उम्मेदवार बनेका वीरबहादुर सिंह राजवंशी निर्वाचित भएका हुन् । उनले निकटतम प्रतिस्पर्धी नेकपा एमालेका जीवनाथ खरेललाई ९२ मतान्तरले पराजित गरेका हुन् ।

राजवंशीले १२०८ र खरेलले १११६ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यमा राप्रपाका जय प्रसाद तिम्सिना ११०५, श्री इच्छा बहादुर राई १०७५, महिला सदस्यमा राप्रपाकी राधिका भट्टराई १२६१ र महिला दलित सदस्यमा डुका कुमारी बिक ११६५ मत ल्याएर विजयी भएका हुन् ।