इलाम / इलामको रोङ गाउँपालिका -४ मा लोपउन्मुख लेप्चा समुदायबाट राजकुमार लेप्चा वडाध्यक्षमा निर्वाचित भएका छन् । स्थानीय तह कार्यान्वयनपछि लेप्चा समुदायबाट उनी पहिलो वडाध्यक्ष हुन् । 

 रोङ गाउँपालिका- ४ मा निर्वाचित राजकुमार लेप्चाले स्वतन्त्र उम्मेदवारलाई पराजित गरेका छन् । नेकपा एमालेबाट उम्मेदवार बनेका लेप्चाले ४१० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्दी स्वतन्त्र उम्मेदवार सूर्य राईले ३४१ मत पाएका थिए ।

OM Sai Pathibhara Hospital

अन्य वडा सदस्यहरूमा एमालेका हर्कबहादुर राईले ३५३ मत, दलित महिला एमालेकै बालकुमारी विश्वकर्माले ३९७ मतसहित विजयी भएका छन् भने एक जना महिला सदस्य एमालेकै मिना देवी तामाङ यसअघि नै  निर्विरोध भएकी थिइन् ।