बिर्तामोड / भद्रपुर नगरपालिका –५ को वडा अध्यक्षमा गठबन्धनबाट कांग्रेसका उम्मेदवार बनेका बन्धु कार्की पुनः निर्वाचित भएका छन् । 

OM Sai Pathibhara Hospital

कार्कीले निकटतम प्रतिस्पर्धी राप्रपाका देवकुमार घिमिरेलाई ३१९ मतान्तर पराजित गरी वडा अध्यक्षमा पुनः निर्वाचित भएका हुन् । 

कार्कीले एक हजार ३८१ मत ल्याउँदा घिमिरेले १०६२ मत ल्याएका छन् भने एमालेका रेवतीरमण खनालले २६५ र जसपाका विकास कुमार गुप्ताले ६३ मत ल्याएका छन् । 

त्यस्तै वडा सदस्यमा कांग्रेसबाट नारद राजवंशी, महिला सदस्यमा ललिता ठाकुर, दलित महिला सदस्यमा मंजुदेवी अघोरी विजयी भएका छन् । 

गठबन्धनबाट माओवादीका वडा सदस्यका उम्मेदवार बुद्धिमान लिम्बुलाई पराजित गर्दै राप्रपाका जेष्ठमल ठाकुर विजयी भएका छन् । 

त्यस्तै कचनकवल गाउँपालिका –५ को वडा अध्यक्षमा पनि कांग्रेसको प्यानल नै विजयी भएको छ । 

कचनकवलको –५ को वडा अध्यक्षमा निर्वाचित कांग्रेसका मोहम्मद नुर आलमले एक हजार ४५० मत प्राप्त गरेका छन् भने उनका निकटतम प्रतिस्पर्धी राप्रपाका देवेन्द्र प्रसाद राजवंशीले ७८८ मत ल्याएका छन् । 

त्यस्तै वडा सदस्यमा कांग्रेसका कृष्ण प्रसाद गणेश , मो. रागिव हुसेन, महिला सदस्यमा प्रभा राजवंशी र दलित महिला सदस्यमा मेनकी सरदार विजयी भएका छन् । 

कांग्रेसले यसअघि वडा नम्बर १, ३ र ४ मा वडा अध्यक्ष जितिसकेका छन् । गाउँपालिकाको प्रमुख पदमा काँग्रेस र नेकपा एमाले गठबन्धन गरी चुनाव लडे पनि वडाहरूमा खुला प्रतिस्पर्धा गरेका थिए ।