खोटाङ / बालेन्द्र साह (बालेन)को जित र हारमा खसी बाजी राख्ने खोटाङका दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका –५ लफ्याङका विजय फुयाल र रमेश खड्का रहेका छन् ।
यस्तो बाजी गैरकानुनी भएकाले उनीहरूलाई पक्राउ गरिएको प्रहरी नायव उपरीक्षक उमेश लम्सालले बताए ।
साहले चुनाव जिते फुयाललाई खड्काले २८ किलोको खसी दिनुपर्ने र चुनावमा साह पराजित भए फुयालले २८ किलोकै खसी खड्कालाई तिर्नुपर्ने भन्नेबारेमा दुवै पक्षले गरेको तमसुक बाहिरिएको थियो ।
यदि खसी दिन नसकेमा त्यति किलोको खसीको मूल्य दिनुपर्ने उनीहरूद्वारा गरिएको तमसुकमा उल्लेख गरिएको छ ।