बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिका –२ को दुई हजार ५८८ मत गणना गर्दा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाईँ अग्रस्थानमा छन् ।
उनले एक हजार ३३३ मत प्राप्त गरेका छन् भने एमालेकी मिरा भुर्तेलले ७८६ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ध्रुव प्रसाद कोइरालाले १६२ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडाले ८१४ , गठबन्धन (माओवादी) का खड्ग बहादुर तिम्सिना (पवन)ले ३९८ , राप्रपाकी इन्दिरा रिजालले १८४ र धारा चुनाब चिन्हका मीन कुमार नेवारले २१५ मत ल्याएका छन् ।
त्यस्तै वडा अध्यक्ष पदमा एमालेले ८८५, कांग्रेसले एक हजार १८३ र राप्रपाले १५९ मत प्राप्त गरेका छन् ।
योसँगै गठबन्धनका मनोज प्रसाईँले तीन हजार ३२९ मत प्राप्त गरेका छन् भने एमालेकी मिरा भुर्तेलले दुई हजार ३७ मत प्राप्त गरेकी छिन् ।