काठमाडौँ / भक्तपुर नगरपालिकाको मेयरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार सुनिल प्रजापति पुनः निर्वाचित भएका छन् ।
प्रजापति निकटतम प्रतिद्वन्द्वी नेकपा कांग्रेसका उम्मेदवार रामप्रसाद कासुलाई २५ हजार ८४५ मतान्तरले पराजित गर्दै भक्तपुरको प्रमुख पदमा निर्वाचित भएका हुन् ।
उनले २९ हजार २ सय ५२ मत ल्याएर छन् भने कांग्रेसका कासुलाले ३ हजार ४ सय ७ मत ल्याएका छन् । त्यस्तै नेकपा एमालेका रविन्द्र लाछिमस्युले २ हजार ६६७ मत पाएका छन्।
२०७४ सालको स्थानीय तह निर्वाचनमा पनि भक्तपुरको प्रमुख पदमा सुनिल नै विजयी भएका थिए ।
यस्तै उपमेयरमा पनि नेमकिपाकी उम्मेदवार रजनी जोशी २९ हजार ७ सय ५९ मत ल्याएर विजयी भएकी छिन् ।
उनकी प्रतिस्पर्धी एमालेकी रञ्जना खर्बुजाले २ हजार ९ सय ८८ मत ल्याएकी छिन् । जोशी पनि २०७४ को स्थानीय निर्वाचनमा भक्तपुरको उपप्रमुख पदमा निर्वाचित भएकी थिइन् ।