सर्लाही / २२ वर्षका राजाबाबु यादव सर्लाही जिल्लाको रामनगर गाउँपालिकाको अध्यक्षमा निर्वाचित भएका छन् । उनी नेकपा माओवादी केन्द्रबाट ४ हजार ८१ मतसहित निर्वाचित भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका हरिनन्दन प्रसाद यादवले २ हजार ३९२, नेकपा एमालेका पुरुषोत्तम प्रसाद चौधरीले एक हजार ६३४ र स्वतन्त्र उम्मेदवार केएस राहुल बर्माले एक हजार ६०७ मत पाए ।

OM Sai Pathibhara Hospital

उपप्रमुखमा नेकपा माओवादी केन्द्रकी गीता देवी तीन हजार ५२३ मतसहित निर्वाचित भएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी कोशिला साहले दुई हजार ६३७ मत पाएकी छन् ।

त्यस्तै नेकपा एमालेकी निलम यादवले एक हजार ७३७ र लोकतान्त्रिक समाजवादी पार्टीकी वैदेही देवीले ९१७ मत पाएका छन् ।