बिर्तामोड / झापाको भद्रपुर नगरपालिका –४ को वडा अध्यक्षमा गठबन्धनबाट माओवादी केन्द्रका उम्मेदवार हंशधर राजवंशी निर्वाचित भएका छन् । 

राजवंशीले उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका पूर्ण बहादुर लिम्बुलाई ३३१ मतान्तरले पराजित गर्दै भद्रपुर –४ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् । 

OM Sai Pathibhara Hospital

राजवंशीले एक हजार २६६ मत, लिम्बुले ९३५ र राप्रपाका दिननाथ रिजालले ५६५ मत प्राप्त गरेका छन् । 

त्यस्तै वडा सदस्यमा एमालेका माधव प्रसाद अधिकारी, अर्जुन बानियाँ, दलित महिला सदस्यमा सावित्रा विश्वकर्मा र महिला सदस्यमा माओवादीकी सविता पुरी विजयी भएकी छिन् ।