बिर्तामोड / झापाको गौरादह नगरपालिका वडा नम्बर -२ मा नेपाली कांग्रेसको प्यानल नै विजयी भएको छ । वडा अध्यक्षमा कांग्रेसबाट गोपाल प्रसाद कोइरालासहित प्यानल  विजयी  भएको हो ।

कोइरालाका प्रतिस्पर्धी नेकपा एमालेका डिल्लीराम काफ्लेलाई ७० मतान्तरले पछि पार्दै उनी वडा अध्यक्षमा निर्वाचित भएका  हुन् । कोइरालाले १०६८ र काफ्लेले ९९८ मत ल्याएका छन् । त्यस्तै वडा सदस्यहरूमा  कांग्रेसका शङ्कर प्रसाद कट्टेल १०३०, उत्तम बहादुर बस्नेत ९५६, विमला बास्तोला १०६२ र अम्बिका बर्देवा १०६५ मत ल्याएर निर्वाचित भएका छन् ।