बिर्तामोड / झापाको बुद्धशान्ति गाउँपालिकामा गठबन्धनका अध्यक्ष पदका उम्मेदवार मनोज प्रसाईँ अग्रस्थानमा छन् ।
उनले तीन हजार ४० र एमालेकी अध्यक्ष पदी मिरा भुर्तेलले दुई हजार २५ मत प्राप्त गरेकी छन् । त्यस्तै राप्रपाबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ध्रुव प्रसाद कोइरालाले ६५९ मत ल्याएका छन् ।
उपाध्यक्षमा एमालेका भवानी प्रसाद खतिवडाले एक हजार ७०३ , गठबन्धन (माओवादी) का खड्ग बहादुर (पवन) तिम्सिनाले एक हजार ६२ , राप्रपाकी इन्दिरा रिजालले ६५७ र धारा चुनाब चिन्हका मीन कुमार नेवारले १६४२ मत ल्याएका छन् ।
त्यस्तै बुद्धशान्ति गाउँपालिका –२ मा दुई हजार ८८ मत गन्दा वडा अध्यक्ष पदमा एमालेले ६९२, कांग्रेसले ९६० र राप्रपाले १४२ मत प्राप्त गरेका छन् ।