सर्लाही / जीतको विषयलाई लिएर सर्लाहीमा कांग्रेस र एमालेका कार्यकर्ताबीच झडप भएको छ ।
सर्लाहीको हरिवन नगरपालिका ७ मा नेपाली कांग्रेसको तर्फबाट वडा अध्यक्ष पदका उम्मेदवार अशोक थापाले ७ मतले विजयी भएको घोषाणा गरेका थिए ।उनी र्याली सहित निर्वाचन अधिकृतको कार्यालय पुग्दा नेकपा एमालेका उम्मेदवार निर्दोस कार्कीले १ मतले मात्र जितेको बताएपछि कांग्रेस नेता कार्यकर्ताहरु सडकमा उत्रिएका हुन ।आफुहरुले पटक पटक पुन मतगणना गर्न माग गरेपनि एमालेका प्रतिनिधिहरुले नमानेपछि कांग्रेस सडकमा निस्केको हो ।