बिर्तामोड / कनकाई नगरपालिका ७ मा नेपाली कांग्रेसको प्यानलै बिजयी भएको छ । यस अघिको निर्वाचनमा एमालेले अत्यधिक मतका साथ विजयी हाँसील गरेको कनकाईको वडा नं ७ लाई यस पटक भने कांग्रेसले आफ्नो कब्जामा पारेको हो । निर्वाचनको हालै सम्पन्न मत गणनाको अन्तिम परिणामबाट वडा अध्यक्षमा भिष्म सिटौलासहितको कांग्रेस प्यानल बिजयी बनेका छन् । दुर्गापुर क्षेत्र एमालेको गढ तथा हालका मेयर राजेन्द्रकुमार पोखरेलको गाउँ पनि हो ।
कनकाईको मेयर पदकालागि सुर्य चुनाव चिन्हका उम्मेद्वारको अग्रता रहेको छ भने उपमेयर पदकालागि रुख चुनाव चिन्ह भएका उम्मेद्वारले अग्रता लिएका छन् । कनकाईको वडा तर्फ वडा नं। ६ ,८ र ९ को नतिजा आईसकेको छ भने अरु वडा मत गणनाकै क्रममा रहेको छ । यसअघि वार्डमा कांग्रेसले ८ र ७ नम्बर तथा एमालेले ६ र ९ नम्बरमा जित हात पारेको हो ।