बिर्तामोड / झापाको अर्जुनधारा नगरपालिका वडा नं. –२ को वडा अध्यक्षमा नेपाली कांग्रेसका नरेन्द्र श्रेष्ठ (सिद्धार्थ) निर्वाचित भएका छन् ।
श्रेष्ठले निकटतम प्रतिद्वन्दी नेकपा एमालेका तुलसीप्रसाद खतिवडालाई २८२ मतान्तरले पराजित गर्दै अर्जुनधारा –२ को वडा अध्यक्षमा निर्वाचित भएका हुन् ।
श्रेष्ठले १५०८ मत प्राप्त गरेका छन् भने खतिवडाले १२२६ मत प्राप्त गरेका छन् ।
त्यस्तै व सदस्यमा भने एमालेका शर्मिला सुब्बा, दलित महिला सदस्य बिमला रोक्का, खुल्ला सदस्य बलबहादुर समाल र प्रेम उपरकोटी बिजयी भएका छन् ।